काठमाडौं । नेपालले पहिलोपटक आफ्नै प्रयासमा सगरमाथामा जम्मा भएका फोहोर संकलन गरी सोलुखुम्बूको फाप्लुमा ल्याएको छ । हालसम्म संकलन भएको ११ टन फोहोरलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत फाप्लु विमानस्थलसम्म ल्याईएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिएका छन । उनका अनुसार फाप्लु विमानस्थलसम्म सेनाको हेलिकोप्टरले ल्याएको ६ हजार ७ सय केजी फोहोरलाई आज बेलुकासम्ममा गाडीमार्फत…