Logo

राजस्व अनुसन्धानको निष्कर्ष : व्यवसायीले गन्जी र कट्टु आयात गरेर डण्डी र सिमेन्ट बिक्री गरे

राजस्व अनुसन्धानको निष्कर्ष : व्यवसायीले गन्जी र कट्टु आयात गरेर डण्डी र सिमेन्ट बिक्री गरे



काठमाडौं । आन्तरिक राजस्व विभागले व्यवसायीहरुले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) विलको खरिदबिक्री गर्ने गरेको जानकारी दिएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक दिर्घराज मैनालीले नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कर सम्बन्धी कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

laxmi

‘व्यवसायीहरुले आयात गर्दा गन्जी र कट्टुको विल देखाएका हुन्छन् तर बिक्री गरेको विल हेर्दा डण्डी र सिमेन्टको भेटिन्छ,’ उनले भने, ‘कतिपय व्यवसायीले भ्याट छली गर्न नक्कली भ्याट विल खरिदबिक्री गर्दा यस्तो समस्या आएको छ यस्ता विषयमा राजस्वले छानविन गरी कानूनी दायरामा ल्याउने छौं ।’ साथै उनले कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीलाई नक्कली तथा खाली विल नदिन समेत आग्रह गरेका थिए ।

विशेषगरी भ्याट छली तथा भ्याट विल बिक्री गरेर गैरकानूनी तरिकाबाट रकम असुल गर्ने मनशायले व्यवसायीहरुले खरिद एउटा र बिक्री अर्के गर्ने गरेको समेत उनको आरोप थियो । साथै छानविनको क्रममा कतिपय अवस्थामा व्यवसायीक फर्महरुले अर्केको विल आफूखुशी प्रिन्ट गरेर प्रयोगमा ल्याएको भेटिएको समेत उनले जानकारी दिए ।

विभाग असल व्यवशायीको संरक्षण गर्ने, छानबिन अनुसन्धान मात्र गर्ने र पारदर्शी व्यवशायलाई प्रबद्र्धन गर्नेतर्फ केन्द्रित भएको समेत मैनालीले जानकारी दिए । नेपालको कर प्रणाली स्वंय कर निर्धारण प्रणालीमा आधारित भएको हुँदा उद्यमी व्यवशायीलाई तदनुसार नै आफ्नो क्रियाकलाप गर्न आग्रह गरेका छन ।

कार्यक्रममा नेपाल चेम्बर अफ कफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक आधारमा मात्र आर्थिक जरिवाना हुनुपर्ने बताएका छन् । साथै आर्थिक ऐन लागु भएको ४ महिना भित्रै करका दर परिवर्तन हुन नहुने समेत उनको भनाई थियो ।

अध्यक्ष श्रेष्ठले नेपालमा संघीयता लागू भएपछि चेम्बर पनि पहिलेको जस्तो एकात्मक संरचनामा रहनु सान्र्दभिक नभएको भन्दै सोही अनुरुप संघीय संरचनामा गएको बताए ।

यस्तै कार्यक्रममा भन्सार विभागका निमित्त महानिर्देशक श्याम प्रसाद भण्डारीले वैध व्यापारको विकल्प नभएको र भन्सार प्रशासन र डिजिटल हुने क्रममा निकै अगाडी बढेको बताएका छन ।

सोही अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरले कर सचेतना कार्यमा सहकार्य गरी व्यापक गर्नु पर्ने, करको लागत, दूरी र समय घटाउन कर कार्यालयहरु बढाउने कुरामा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL