Logo

सेलपेले बढायो मासिक कारोवार सीमा, अब ५ लाखसम्म भुक्तानी गर्न सकिने

सेलपेले बढायो मासिक कारोवार सीमा, अब ५ लाखसम्म भुक्तानी गर्न सकिने



काठमाडौं । सेलकम प्रालिको सेलपे ले आफ्नो कारोवार सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक उक्त कम्पनीले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम आफ्नो मासिक कारोवारको सीमा रकम थप गरेको हो ।

laxmi

कम्पनीका अनुसार अव सेल पेका ग्राहकले रकम स्थानान्तरण एक पटकमा २५ हजार रुपैयाँ, दैनिक १ लाख रुपैयाँ र मासिक ५ लाख रुपैयाँसम्म गर्न सक्नेछन ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेमार्फ बास्तविक समयमा भुक्तानी हुनुका साथै बिना वालेट कारोबार गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL