Logo

आशा लघुवित्तद्वारा सीपमूलक तालिम संचालन, ११० महिलाले लिए निःशुल्क तालिम

आशा लघुवित्तद्वारा सीपमूलक तालिम संचालन, ११० महिलाले लिए निःशुल्क तालिम



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय आदर्श कोटवाल बारामा आबद्ध सदस्यहरु मध्ये ११० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने झोल साबुन तथा सर्फ बनाउने तालिम प्रदान गरेको हो ।

laxmi

तालिम कार्यक्रमलाई उद्घाटन गर्दै आदर्श कोटवाल गापा. प्रमुख मोहम्मद मुस्तफा अन्सारीले यस्ता कार्यक्रमले महिलाहरु लाई उद्यमशिल बन्न थप सहयोग पुग्ने कुरा ब्यक्त गरे । उक्त कार्यक्रम लाई सम्बोधन गर्दै गापा उप प्रमुख पुनमदेबी साहले तालिमपश्चात महिलाहरुलाई लघु उद्यम गर्नका लागी थप सहयोग पुग्ने कुरा ब्यक्त गरिन ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा शाखा प्रमुख प्रभुकुमार यादवले यस कार्यक्रमपश्चात सदस्यहरुको ब्यवसायमा बृद्धि भई यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिभएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने झोल सर्फ तथा सर्फ बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए ।

हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै २,१५५ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृती प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘बिपन्न समुदायका निम्ति आशा’‘ भन्ने मुल नाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो ।

हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ५२ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब रु. २ अर्ब १८ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ६३ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL