काठमाडौं । नागढुङगा नौविसे सुरुङमार्गका लागि बन्ने फ्लाई ओभरका लागि ४७ ओटा घर भत्काईने भएको छ । काठमाडौंतर्फको मुख्य सडकलाई सुरुङमार्गको मुखसम्म जोड्न लिंक फ्लाईओभरका लागि १२ रोपनी जग्गामा पर्ने उक्त घरहरु भत्काउन लागिएको नागढुङ्गा नौविसे सुरुङमार्ग आयोजनाले जानकारी दिएको हो । अहिलेको मुख्य मार्गबाट सुरुङमार्गसम्म सडकलाई जोडन दुईवटा फ्लाइओभर बनाइने आयोजनाका प्रमुख श्याम खरेलले…