Logo

सागको पहिलो र अन्तिम दिन काठमाडौंमा जोर विजोर प्रणाली

सागको पहिलो र अन्तिम दिन काठमाडौंमा जोर विजोर प्रणाली



काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) का लागि पहिलो र अन्तिम दिन सवारीसाधनमा जोर विजोर प्रणाली लागु गरिने भएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले एक सुचना जारी गर्दै उक्त दिन सवारीसाधन जामलाई न्युनिकरण गर्न उक्त प्रणाली लागु गर्ने भएको हो ।

laxmi

सागको पहिलो दिन अर्थात १५ गते नंवरप्लेटको अन्तिम अंक जोर भएका सवारीसाधन चल्न नपाउने र अन्तिम दिन अर्थात २४ गते विजोर नंवर प्लेट भएका सवारीसाधन चल्न नपाउने भएका हुन । महानगरिय ट्राफिक महासाखाले सागको यातायात व्यवस्थापनलाई चुस्त, दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन उक्त प्रणाली लागु गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL