Logo

पोखरा फाईनान्सका लगानीकर्तालाई १४ प्रतिशत लाभांस, यस्तो छ सेयर र नगदको अनुपात

पोखरा फाईनान्सका लगानीकर्तालाई १४ प्रतिशत लाभांस, यस्तो छ सेयर र नगदको अनुपात



काठमाडौं । पोखरा फाईनान्स कम्पनीले आफ्ना लगानीकर्तालाई १४ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको शुक्रबार बिहान बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आफ्नो गत आवको नाफाबाट १४ दशमलव २० प्रतिशत लाभांस दिने प्रस्ताव गरेको हो ।

बैठकले लगानीकर्तालाई कुल चुक्ता पूँजी ८५ करोड ७२ लाख ७२ हजार रुपैयाँको ७ प्रतिशत बोनस सेयर र ७ दशमलव २० प्रतिशत नगद लाभांस दिने भएको हो ।

कम्पनीले उक्त लाभांस आफ्नो २३ औं बार्षिक साधारणसभाबाट पारित भएपछि र राष्ट्र बैंकबाट स्विकृत भएपछि वितरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL