Logo

केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता, २ बर्ष भित्रै निर्माण सम्पन्न

केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता, २ बर्ष भित्रै निर्माण सम्पन्न



काठमाडौं । २०७२ बैशाखको भूकम्पबाट क्षतिग्रस्त कान्तिपथस्थित केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तरगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र जेडसीजीआई–खानी जेभीबीच ठेक्का सम्झौता भएको प्राधिकरणले जानकारी दिएको छ ।

laxmi

प्राधिकरणका अनुसार सम्झौतामा प्राधिकरणका आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका रत्न गौतमले हस्ताक्षर गरेका हुन । उक्त केसरमहल प्रवलीकरणका लागि जेभीले भ्याटसहित ६७ करोड २४ लाख ६० हजार ८ सय २७ रुपैयाँमा ठेक्का प्राप्त गरेको हो ।

ठेकेदार कम्पनीले उक्त महलको प्रवलीकरण २ बर्ष भित्र सम्पन्न गर्नु पर्ने छ । आयोजना निर्देशक प्याकुरेलले मौलिक स्वरुप कायम राखी भूकम्पप्रतिरोधी हुनेगरी प्रबलीकरण गरिने बताएका छन । साथै कम्पनीले तोकेकै समयमा प्रबलीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL