अबुधाबी । युनाईटेड अरब इमिरेट्सको केन्द्रीय बैंकले कोरोनाभाइरस महामारीका कारण अर्थतन्त्रमा परेको असर कम गर्न ७० अर्ब डलरको आर्थिक प्याकेजको घोषणा गरेको छ । तेलको धनी राष्ट्र युएईको केन्द्रीय बैंकले गत महिना ३५ अर्ब डलरको आर्थिक प्याकेज घोषणा गरेको थियो । बैंकले अघि सारेको पछिल्लो प्याकेजमा खासगरी बैंकहरुले सामना गर्नु परेका वित्तीय र तरलता अभावलाई…