Logo

नेप्से परिसुचक ओरोलो लाग्दा कारोबार रकममा उच्च गिरावट, जलविद्युतको सस्तो सेयरमा झुम्मिए लगानीकर्ता

नेप्से परिसुचक ओरोलो लाग्दा कारोबार रकममा उच्च गिरावट, जलविद्युतको सस्तो सेयरमा झुम्मिए लगानीकर्ता



काठमाडौं । बजार खुलेको केही समय सामान्य रुपमा उकालो लागेको नेप्से परिसुचक अन्तत घट्न पुगेको छ । मंगलबार प्रायजसो समुहको परिसुचक ओरालो लाग्दा नेप्से परिसुचक ४ दशमलव ४७ अंकले घट्न पुगेको छ ।

मंगलबार ओरालो लागेको बजारमा विकास बैंक समुहको परिसुचक सबैभन्दा बढी घट्न पुगेको छ । सो समुहको परिसुचक १४ अंकले ओरालो लाग्दा व्यापार समुहको परिसुचकमा १३ अंकको गिरावट आएको छ ।

ओरालो लागेको नेप्सेमा कारोबार रकमले समेत साथ छाडेको छ । पछिल्लो समय दैनिक ३ अर्ब माथिको सेयर कारोबार हुँदै आएकोमा मंगलबार १ अर्ब ८० करोड रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ ।

दिनभर १९१ कम्पनीको ५७ लाख २३ हजार कित्ता सेयर खरिदबिक्री भएकोमा उच्च मूल्य कम्पनीको सूचीमा जलविद्युत समुहका कम्पनीहरु रहेका छन् । पछिल्लो समय लगानीकर्ताहरु सस्तो कम्पनीको सेयरमा झुम्मिदा बजारमा जलविद्युत कम्पनीको सेयर बढ्न पुगेको हो । मंगलबार उच्च मूल्य वृद्धि हुने १० कम्पनीमा प्रतिकित्ता १ सयभन्दा कम मूल्य रहेका ५ ओटा जलविद्युत कम्पनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL