Logo

वल्डलिङ्कले पनि सर्वसाधारणलाई सेयर जारी गर्ने, यस्तो छ तयारी

वल्डलिङ्कले पनि सर्वसाधारणलाई सेयर जारी गर्ने, यस्तो छ तयारी



काठमाडौं । ईन्टरनेट सेवाप्रदायक वल्र्डलिंकले पनि अबको ३ बर्षमा सर्वसाधारणलाई सेयर जारी गर्ने बताएको छ । मंगलबार कम्पनीको २५ औं बार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिलिप अग्रवालले बताएका हुन् ।

उनका अनुसार अबको ३ बर्षमा पब्लिकमा जानेगरी सबै तयारी पुरा भएको छ । सोहीअनुसार ३ बर्षमा बजारको अवस्था हेरेर आईपीओ जारी गर्ने तयारी गरिएका उनले जानकारी दिए ।

यस्तै उनले आगामी दिनमा वैदेशिक लगानी पनि नलिने बताएका छन् । उनका अनुसार नेपालका बैंकहरुमार्फत नै ऋण लिने तर वैदेशिक लगानी नलिने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL