काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस, प्रदर्शन तथा अभियानका नाममा भीडभाड नगर्न निर्देशन जारी गरेको छ । जिप्रकाले आज मंगलबार सूचना जारी गर्दै राजनीतिक वा अन्य माग राखेर भीडभाड गर्नेलाई स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐनअनुसार कारबाही गरिने जनाएको छ । कोभिड–१९ नियन्त्रणमा नआइसकेको र भीडभाड गर्दा महामारीले भयावह रुप लिन सक्ने…