एनआईसीको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन, अधिकतम ५० लाख इकाईसम्मको लागि आवेदन दिन सकिने


बिजखबर संवाददाता
1 December, 2020 9:28 am

काठमाडौं । एनआईसी एसिया क्यापिटलले विक्रीमा ल्याएको खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

FoneLoan-250x250
Yamaha
bajaj

क्यापिटलले यस अघि मङ्सिर १२ गतेदेखि ‘एनआइसी एसिया डाईनामिक डेप्ट फण्ड’ को २ करोड इकाईको बिक्रि खुला गरेको हो ।

क्यापिटलको उक्त योजनामा आवेदन दिँदा प्रति इकाई १० रुपैयाँको दरले न्युनतम १०० इकाई र अधिकतम ५० लाख इकाईसम्मको लागि आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्