Logo

मोबाइल सेटको अवैध बजार अन्त्य गर्न मोबाइल फोन ईम्पोटर्स एशोसियसनको आग्रह, ग्राहकलाई आधिकारिक बिल लिन अनुरोध

मोबाइल सेटको अवैध बजार अन्त्य गर्न मोबाइल फोन ईम्पोटर्स एशोसियसनको आग्रह, ग्राहकलाई आधिकारिक बिल लिन अनुरोध



काठमाडौं । मोबाइल फोन ईम्पोटर्स एशोसियसनले मोबाइल सेटको अवैध विक्रि बितरणको पूर्ण अन्त्य गर्न सहयोगका लागी सम्पूर्ण व्यवसायी मित्रहरुलाई आव्हान गरेको छ । अवैध बिक्री बितरणको कारण मोबाइल फोन व्यवसाय मात्र नभई राष्ट्रको समग्र अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारेको छ । विभिन्न मुलुकबाट चोरी पैठारी गरी भित्राईएका मोबाइल फोनको अवैधानिक बजार नेपालमा तिब्र रुपमा बढिरहेको छ ।

जसले गर्दा सरकारको राजश्व वापत संकलन गरिने ठूलो धनराशी गुमिरहेको छ भने मोबाइल फोन व्यवसायको स्वस्थ्य र मर्यार्दित विकासमा अवरोध खडा भएको छ । यति मात्र नभई अवैध (ग्रे) मोबाइल सेटको रजिस्टर नहुने भएकोले यसको प्रयोग अपराधिक क्रियाकलापमा पनि हुन सक्ने प्रवल सम्भावना छ ।

‘यी गम्भीर कारणहरुले गर्दा मोबाइल सेटको अवैध बजारको तत्काल पूर्णरुपमा अन्त्य गर्न हामी सम्पूर्ण मोबाइल फोन व्यवसायी, उपभोक्ता एवं सरकारको कर्तव्य हुन आउदछ । मोबाइल फोन ईम्पोटर्स एशोसियसन र नेपाल मोबाइल वितरक सघंले देशभरका मोबाइल सेट विक्रेताहरूलाई अवैध (ग्रे) कारोवार नगर्न गत श्रावण १ बाट नै अनुरोध गरेका थियो । तर सो सूचनाको अवज्ञा गर्ने गरेको पाइएकोले उक्त व्यवसायीहरुलाई नियम संगत कार्वाहीको लागि सम्बन्धित निकायलाई अनुरोध गरिएको छ,’ एशोसियसनले उल्लेख गरेको छ ।

मोबाइल फोन आयातकर्ताहरुको छाता संगंठन मोबाइल फोन ईम्पोटर्स एशोसियसनले सरकारलाई चोरी पैठारी सम्बन्धी कानुनलाई कडाईका साथ लागु गर्न अनुरोधका साथै मोबाइल फोन विक्रेताहरुलाई पनि कानुनी दायरमा बसी स्वस्थ व्यवसाय गर्न आव्हान गरेको छ । मोबाइल फोन उपभोक्ताहरुलाई पनि फोन खरिद गर्दा सचेत भई होलोग्राम स्टिकर भएको फोन मात्र खरिद गर्न र पसलको आधिकारिक विल लिन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL