काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै लामो दुरीका सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले आईतबार एक सूचना जारी गर्दै लामो दुरीमा चल्ने यात्रुबाहक र मालवाहक सवारीसाधनको भाडादर वृद्धि गरेको हो । विभागका अनुसार आईतबार रातिदेखि लागु हुनेगरी डिजेलको मूल्य १ सय ९२ रुपैयाँ पुगेपछि गाडी भाडा पनि बढाईएको हो ।…