Logo

कामना सेवा विकास बैंकद्वारा १५ औं शाखारहित बैंकिङ सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा १५ औं शाखारहित बैंकिङ सेवा सञ्चालन



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

laxmi

देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले अषाढ ५ गते आइतबारबाट नवलपरासी जिल्लाको कावासोती न।पा वडा नं ७ साँढमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

कावासोती नपा वडा नं ७ साँढमा बस्ने भीमा भुर्तेललाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं ०७ का वडा अध्यक्ष गोविन्द प्रसाद महतोले उक्त शाखा रहित बैंकिङ सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

कार्यक्रममा कावसोती न।पा वडा नं ७ का वडा सदस्य रुद्रबहादुर बस्नेत, पुर्व वडा सदस्य विष्णु प्रसाद काफ्ले र साहित्यकार सदानन्द जैसीलगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL