Logo

नोकिया जी २१ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

नोकिया जी २१ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता



काठमाडौं । नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी सिरिज अन्तर्गत नयाँ नोकिया जी २१ सर्वजनिक गरेको छ । सर्वाधिक टिक्ने ब्याट्रीको लागि विश्व प्रसिद्ध यो ब्रान्डले भर्खरै लन्च गरेको एन्ड्रोइड स्मार्टफोनमा पनि तिन दिनसम्म टिक्ने ब्याट्री लाईफ रहेको छ । सुपर ब्याट्री सेभर मोडको सुविधा भएका यी फोनहरु सेक्योरिटी अपडेटहरू सहित सुपथ मुल्यमा उपलब्ध रहेका छन् ।

laxmi

एशिया प्यासिफिक र चाइनाको लागि एचएमडी ग्लोबलका भाइस प्रेसिडेन्ट रवि कुँवरले मिड रेन्ज सेग्मेन्टमा नोकिया फोनहरु जहिले पनि सबैको रोजाइमा पर्न सफल भएको बताए । उनले प्रिमियम स्लीक नाँर्डिक डिजाइनमा आउने यी फोनहरुको ब्याट्री पनि धेरै टिक्ने भएकैले आफ्नो सबै कामहरु आराम साथ गर्न सकिने समेत जानकारी दिए ।

‘बनावट मात्र बलियो नभै यसको ओएस र सेक्युरिटी पनि उत्तिकै भरपर्दो रहेको छ । ओयस् मा २ वर्ष र सेक्युरिटी अपडेटमा ३ वर्ष सम्म गर्न मिल्ने हुनाले धेरै पछि सम्म पनि नयाँ फोन चलएको आभास हुन्छ’, उनले भने ।

महत्त्वपूर्ण डेटा सुरक्षित राख्नको लागि अरु स्मार्टफोनको तुलनामा दुई गुणा धेरै सुरक्षा अपडेटहरू सहित आएको यो नोकिया जी २१ मा मास्क मोड पनि रहेको छ जसले फेस मास्क लगाइको स्थितिमा पनि फेस पहीचान गरी अनलक गर्न सक्छ । एन्ड्रोइड १२ संस्करण भएको यस फोनमा अहिलेका नवीन्तम सुविधाहरू सबै सहजै उपलब्ध छन् ।

३ दिनको ब्याट्री ब्याकअपको साथ आउने यो फोनले अब आफ्नो फोनमा कति ब्याट्री छ भनेर चेक गरिरहनु पर्ने झन्झट र तनाव बाट मुक्त गरिदिएको छ । चाहे परिवारसँग रमाइलो पलहरु कैद गर्न होस् वा आफुलाई मनपर्ने कार्यक्रमहरू हेर्न होस् नोकिया जी २१ ले दिनभरि सक्रिय रहन मद्दत गर्छ ।

भर्साटाएल ट्रिपल–लेन्स क्यामेराहरूको साथ आएको यो फोनबाट उत्कृष्ट गुणस्तरको फोटो खिच्न सकिन्छ । कम प्रकाशमा पनि सुन्दर डिटेलहरु क्याप्चर गर्न मिल्ने यी लेन्सहरुको बेलुकाको समयमा पनि सुन्दर सेल्फी लिन सकिन्छ । त्यस्तै यसमा भएको एआई सुपर रेसोलुसनले फोटोको लागि उत्कृष्ट जूम क्वालिटी प्रदान गर्दछ ।

नयाँ डिजाइनको साथ एर्गोनोमिक र पातलो डिजाइनमा आएको यो नयाँ फोन कडा पोलीकारबोनेटले बनेको हुँदा अत्यन्तै मजबुत रहेको छ । फोनको सुरक्षा र मनको शान्तिको लागि यी फोनहरुमा क्लियर केस पनि आउछन् जसले फोनको नयाँ डिजाइन पनि देखिन्छ र सुरक्षित पनि हुन्छ । सबै भन्दा राम्रो कुरा त यो फोन पूर्णतय रिसाइकल गरिएको सामानहरु बाट बनेको छ र बिग्रे पछि पनि यो सेटलाई रिसाइकल गर्न मिल्छ ।

६÷१२८जीबीको स्टोरेजमा उपलब्ध यो फोनको मूल्य २२ हजार ९९९ रहेको छ । ब्लू र डस्क रंगमा उपलब्ध नोकिया जी २१ नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL