Logo

साढे ५ प्रतिशतले बढ्यो गाडीभाडा, कहाँ जान कति ?

साढे ५ प्रतिशतले बढ्यो गाडीभाडा, कहाँ जान कति ?



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै लामो दुरीका सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले आईतबार एक सूचना जारी गर्दै लामो दुरीमा चल्ने यात्रुबाहक र मालवाहक सवारीसाधनको भाडादर वृद्धि गरेको हो ।

laxmi

विभागका अनुसार आईतबार रातिदेखि लागु हुनेगरी डिजेलको मूल्य १ सय ९२ रुपैयाँ पुगेपछि गाडी भाडा पनि बढाईएको हो । यसअघि डिजेलको मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ थियो । नेपाल आयल निगमले आईतबार राति १२ बजेदेखि लागु हुने गरी डिजेलको मूल्य प्रतिलिटर २७ रुपैयाँले बढाएको हो । उक्त सार्वजनिक सवारीसाधनको भाडा स्वचालित मूल्य समायोजन प्रणालीअनुसार बढेको जानकारी दिएको छ । उक्त प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा बढीले घटबढ भएको खण्डमा सार्वजनिक सवारीसाधनको भाडा पनि सोही अनुसार समायोजन हुने व्यवस्था छ ।

नेपाल आयल निगमले आईतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २१ र डिजेलको मूल्य प्रतिलिटर २७ रुपैयाँले बढाएको हो । यससँगै आजैदेखि लागु हुनेगरी यात्रुवाहक सवारीसाधनको हालको भाडादरमा ५.३० प्रतिशतको वृद्धि भएको छ भने पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनको भाडादर ६.९४ प्रतिशतले वृद्धि भएको छ । यस्तै तराईको बाटोमा चल्ने मालवाहक सवारीसाधनको भाडा साविकको भाडादरमा ७.७ प्रतिशतले वृद्धि भएको बताईएको छ । डिजेलको मूल्य बिहीबार रातिदेखि साविकको तुलनामा १६ दशमलव ३६ प्रतिशतले वृद्धि भएको हो ।

[googleapps domain=”drive” dir=”file/d/1PVXLWdkxopeGfOXopkcHAjNHxNiofh5c/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL