काठमाडौं । चीनको ‘रेलवे फस्र्ट सर्भे एण्ड डिजाइन इन्स्टिच्युट ग्रुप को–अपरेट लिमिटेड’ ले केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ । केरुङ–काठमाडौं रेलमार्गका लागि सो कम्पनीले ६ जना इन्जिनियहरूलाई मंगलबार नेपाल पठाएको हो । सन् २०१८ मै केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्यययन सम्पन्न भएको थियो । नेपालस्थित चिनियाँ दूतावासले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयलाई सोमबार…