Logo

नेपाल लिक्वायारले सुरू गर्यो नेपालमा विश्वप्रसिद्ध भोड्का स्मिरनोफको उत्पादन

नेपाल लिक्वायारले सुरू गर्यो नेपालमा विश्वप्रसिद्ध भोड्का स्मिरनोफको उत्पादन



काठमाडौं । नेपालमा विश्वप्रसिद्ध भोड्का स्मिरनोफको उत्पादन सुरू भएको छ । नेपाल लिक्वायारले विश्व प्रसिद्ध भोड्का ब्राण्ड स्मिरनोफको उत्पादन सुरू गरेको हो । कम्पनीले आफ्नो विराटनगरमा अवस्थित फ्याक्ट्रिबाट भोड्का उत्पादन सुरू गरेको जनाएको छ ।

laxmi

नेपाल लिक्वायरका कार्यकारी अध्यक्ष राजेश विरसिंह तुलाधारले बजारको आवश्यक्ता र मागअनुसार स्मिरनोफको उत्पादन सुरू भएको बताए । उनले नेपालमा उत्पादित भोड्का १० पटकसम्म फिल्टर हुने अध्यक्ष तुलाधारले बताए ।

नेपाल लिक्वायरले यसअघिदेखि नै नेपालमा विभिन्न ब्राण्डका मदिरा उत्पादन गर्दै आइरहेको छ । कम्पनीले एन्टिक्वीटी ब्लू ह्विस्की, सिग्नेचर ह्विस्की, एमआर डोवेल्स ह्विस्की, ब्लु रिबान्ड जिन लगायतका मदिरा उत्पादन गर्छ । यससँगै, कम्पनीले अबदेखि स्मिरनोफ ह्विस्की समेत उत्पादन गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL