Logo

कुमारी र एनसीसी बैंकले पुस १७ देखि एकीकृत कारोबार गर्ने, यस्तो छ स्वाप रेसियो

कुमारी र एनसीसी बैंकले पुस १७ देखि एकीकृत कारोबार गर्ने, यस्तो छ स्वाप रेसियो



काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले पुस १७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मङ्गलबार एक सूचना जारी गर्दै यी दुई बैंक गाभिएर आउँदो आइतबारदेखि एकीकृत कारोबार गर्ने जनाएको हो । दुवै बैंकबीच गत असोज १० मा मर्जरमा जाने सम्झौता भएको थियो । गत मङ्सिर २५ गते बसेको दुवै बैंकको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । अब यी दुवै बैंकको ‘कुमारी बैंक लिमिटेड’ का नामबाट कारोबार हुनेछ ।

मर्जर सम्झौताअनुसार दुवै बैंकबीच सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) एक बराबर एक हुनेछ । अर्थात् एकीकृत कारोबारपछि अहिले कुमारी र एनसीसी बैंकका लगानीकर्ताको सेयर सङ्ख्या थपघट हुने छैन । मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको काठमाडौँ महानगरपालिका–२ स्थित टङ्गालमा रहनेछ ।

एकीकृत कारोबारका गर्न डाटा माइक्रेसन प्रयोजनका लागि पुस १५ र १६ गते दुवै बैंकका शाखाबाट प्रदान गर्दै आएको बैंकिङ सेवासमेत प्रभावित हुने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL