काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक एउटा श्रव्यदृश्य सामग्री समय सार्वजनिक गरेको छ। सर्वसाधारणलाई जीवन बीमा, बचत र छोराछोरीको शिक्षाका लागि अभिभावकले गर्नुपर्ने पूर्ववित्तीय तयारीको महत्वबारे सन्देश दिन खोजिएको छ। एउटा सामान्य व्यापारीको परिवारको छोरी १२ कक्षाको नतिजापछि उच्च शिक्षाका लागि विदेशिने ध्याउन्नमा हुन्छिन्। उनको भिसादेखि लिएर शिक्षासम्मको खर्चको जोहो…