काठमाडौं । प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउनेसम्बन्धी सम्झौता गरिएको छ ।
होटल यार्शा शान्त र सुन्दर जिरी नगरमा अवस्थित एक प्रख्यात होटल हो । यो अफर जिरी नगरको पर्यटन प्रवद्र्घन गर्ने उद्देश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ ।
यस सहकार्यअन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल यार्शामा होटल कोठामा १५% छुट खाना तथा पेय पदार्थमा ५% छुट पाउनेछन् ।
यी छुट अफरहरुले ग्राहकहरुलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सहगोग गर्ने बैंकले जनाएको छ । जिरी स्वच्छ हावा, शीतल मौसम र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्घ छ । यो स्थान पदयात्राका लागि, पारिवारिक घुमघामका लागि र शान्त वातावरण तथा रोमाञ्च खोज्ने जोकोहीका लागि उपयुक्त गन्तव्य हो ।