काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रको नियमन गर्ने जिम्मेवारी पाएको नेपाल दूरसञ्चार प्राधिकरण निकम्मा बन्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो ६ महिना अर्थात आधा वर्षमा विनियोजित बजेटको जम्मा १.९५ प्रतिशत मात्रै खर्च गरी प्राधिकरणले आफ्नो निकम्मापन प्रमाणित गरेको हो । प्राधिकरणले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको ३ अर्ब ९२ करोड ८८ लाख रुपैयाँमध्ये…