Logo

रोयल टुलिप होटल काठमाडौँमा सञ्चालनमा, दक्षिण एसियामा लुभ्र समूहको उपस्थिति विस्तार

रोयल टुलिप होटल काठमाडौँमा सञ्चालनमा, दक्षिण एसियामा लुभ्र समूहको उपस्थिति विस्तार



काठमाडौँ । अन्तर्राष्ट्रिय आतिथ्य उद्योगको प्रतिष्ठित नाम लुभ्र होटल समूहले नेपालको पहिलो रोयल टुलिप होटल काठमाडौँमा सञ्चालनमा ल्याएको छ । ललितपुरको ग्वार्कोमा अवस्थित यो सुविधा सम्पन्न होटलको उद्घाटनसँगै लुभ्र समूहले दक्षिण एसियामा आफ्नो सशक्त उपस्थिति विस्तार गरेको छ ।

नेपालकै सबैभन्दा ठूलो होटल दाबी गरिएको रोयल टुलिप काठमाडौँमा ३०८ भव्य कोठा र सुइटहरू रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र ३.५ किलोमिटर टाढा रिङ रोडमा अवस्थित यो होटल सरोवर होटल्सद्वारा सञ्चालित र द मासिफ होटल प्रा. लि.द्वारा विकसित गरिएको हो ।

यसमा ८०० वर्गफिटको बोर्डरूमदेखि विशाल बलरूम, ६०० सवारी पार्किङ क्षमतासहितका सुविधाहरू यसमा उपलब्ध छन् । अन्तर्राष्ट्रिय सम्मेलन, कूटनीतिक कार्यक्रम, गन्तव्य विवाह, कर्पोरेट जमघट जस्ता विविध प्रयोजनका लागि होटल पूर्णरूपमा सुसज्जित रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुरुवाती चरणमा होटलले १०४ कोठा र दुई उत्कृष्ट एफ एण्ड बी आउटलेट सञ्चालनमा ल्याएको छ । सरोवर होटल्सका अध्यक्ष तथा लुभ्र होटल्स इन्डियाका निर्देशक अजय के. बकायाले भने,“रोयल ट्युलिप काठमाडौँ हाम्रो ब्रान्डको दक्षिण एसियाली वृद्धिको साहसिक अभिव्यक्ति हो। यो नेपालमा हाम्रो अहिलेसम्मको सबैभन्दा ठूलो उद्घाटन मात्र होइन, विश्वस्तरीय आतिथ्य र कार्यक्रम स्थलहरूको बढ्दो मागको प्रत्युत्तर पनि हो ।”

प्रतिक्रिया दिनुहोस्