Logo

सुनको मुल्यमा एकैदिन २५ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्यमा एकैदिन २५ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबरा भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ९५ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घट्दै २ हजार १ सय ६० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्