काठमाडौं । इजरायल–हमास संघर्षका क्रममा सम्पर्कबाहिर रहेका १२ नेपालीको अवस्था अझै अज्ञात रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । उनीहरूको खोजी जारी रहेको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले बताइन् । इजरायलको दक्षिणी भेगमा रहेको किबुज अलुमिनमा १७ जना नेपाली विद्यार्थी बस्थे । तीमध्ये ५ जना हमासले उक्त क्षेत्रमा गरेको आक्रमणमा परी घाइते भएका छन्…