Logo

युवा व्यवसायी पौडेल ‘अष्ट्रेलिया नेपाल बिजनेस काउन्सिल कमिटि’मा मनोनित, प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता

युवा व्यवसायी पौडेल ‘अष्ट्रेलिया नेपाल बिजनेस काउन्सिल कमिटि’मा मनोनित, प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले युवा व्यवसायी विश्वास पौडेललाई अष्ट्रेलिया नेपाल बिजनेस काउन्सिल कमिटिको सदस्यमा मनोनित गरेको छ । अष्ट्रेलियामा रहेर लामोसमयदेखि विभिन्न सामाजिक अभियानमा सक्रिय रहँदै आएका व्यवसायी पौडेलले अष्ट्रेलियामा सफल व्यवसायीको पहिचान बनाएका छन् । पौडेलको यही पहिचानलाई कदर गर्दै एनआरएनए अष्ट्रेलियाले नेपाल बिजनेस काउन्सिल कमिटिमा मनोनित गरेको हो ।

laxmi

एनआरएनए एनसीसी अष्ट्रेलियाले आफ्नो प्रावधानअनुसार निर्देशकको अधिकार प्रत्यायोजनबमोजिम एनआरएनए एनसीसी अस्ट्रेलिया २०२३–२०२५ को कार्यकालका लागि अष्ट्रेलिया नेपाल बिजनेस काउन्सिल समितिको सदस्यमा पौडेलललाई नियुक्त गरेको जानकारी गराएको छ ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल र महासचिव सन्तोष कुँवरद्धारा हस्ताक्षरित पत्रमा एनआरएनए एनसीसी अस्ट्रेलियाकोतर्फबाट पौडेललाई बधाईसहित टीममा समावेश गर्न पाउँदा खुसी ब्यक्त गरिएको छ । ‘एनआरएनए अष्ट्रेलियाको उद्देश्यमा नेपाली मूलका मानिसहरूलाई प्रवर्द्धन गर्न यसका गतिविधिहरूलाई व्यवस्थापन र सल्लाह दिन तपाईंले खेल्ने अभिन्न भूमिकाको लागि तपाईंसँग काम गर्न तत्पर छौं । हामीसँग तपाईंको समय फलदायी हुनेछ भन्ने विश्वास छ’, पत्रमा छ ।

एनआरएनए टास्क फोर्समा पश्चिम अष्ट्रेलियाबाट मनोनित चितवन भरतपुर–५, तोरीखेतका पौडेलले हाल अष्ट्रेलियाको पर्थमा सो क्षेत्रकै सबैभन्दा लोकप्रिय नेपाली रेष्टुरेन्ट ‘मोमो प्लानेट’ सञ्चालन गर्दै आएका छन् । उनले सञ्चालन गर्दै आएको सो रेष्टुराँ अहिले पर्थ क्षेत्रका नेपाली र सबैका लागि मुख्य गन्तब्यका रुपमा रहेको छ भने विभिन्न इभेन्ट र मनोरञ्जनात्मक कार्यक्रमका लागि प्रमुख केन्द्रका रुपमा रहेको छ । सो क्षेत्रमा लोकप्रिय युवा व्यवसायीको छवि बनाएका पौडेलले एनआरएनए एनसीसी अष्ट्रेलियाले दिएको जिम्मेवारीलाई इमान्दारीतापूर्वक र प्रभावकारी रुपमा निर्वाह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL