Logo

निर्यात व्यवसायीको गुनासो : सरकारले हाम्रा कुरा सुनेन

काठमाडौं । नेपालका निर्यात व्यवसायीहरुले सरकारलाई आफ्ना कुरा नसुनेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित छैठौं निर्यात दिवस २०७८ को उद्घाटन सत्रमा बोल्दै व्यवसायीहरुले सरकारले व्यवसायीका कुराहरु सुनुवाई नै नगरेको बताएका हुन् । कार्यक्रममा बोल्दै निर्यात परिषदका अध्यक्ष हरी बहादुर कार्कीले नगद प्रोत्साहन, निर्यातयोग्य वस्तुको भन्सार प्रणालीमा सहजतालगायतका कुराहरुको सुनुवाई नगरेको बताएका हुन् ।…