Logo

समृद्धि फाइनान्स र बिज बजारबीच सम्झौता, बैंकका ग्राहकलाई सपिङमा छुट

समृद्धि फाइनान्स र बिज बजारबीच सम्झौता, बैंकका ग्राहकलाई सपिङमा छुट



काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र अनलाइन कम्पनी बिज बजारबीच एक सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच समृद्धि फाइनान्सका ग्राहकहरुले नयाँ खाता खोलेवापत २ सय रुपैयाँको सपिङ भौचर पाउने गरी उक्त सम्झौता भएको हो ।

laxmi

सम्झौता अनुसार एक वर्ष समयावधि भएको १ लाख वा सो भन्दा बढीको मुद्धति खाता खोले वापत ५ सय रुपैयाँको सपिङ भौचर प्राप्त गर्नेछन । साथै, समृद्धि फाइनान्सका ग्राहकले बिज बजारबाट सामान खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी र बिज बजारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज गौतमले हस्ताक्षर गरेका हुन् ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स पाँचवटा शाखाहरुबाट सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL