Logo

सोपानका ६ औषधि बजारमा सार्वजनिक, एलर्जीदेखि वान्तासम्म निको पार्ने

सोपानका ६ औषधि बजारमा सार्वजनिक, एलर्जीदेखि वान्तासम्म निको पार्ने



काठमाडौं । सोपान मल्टिपल कम्पनीले सोपान फर्मास्यूटिकल्स लिमिटेडमार्फत विभिन्न ६ औषधि सार्वजनिक गरिएको छ । कम्पनीले शुक्रबार माइजिथ, मन्ट्रिन, एलर्ज, सिप्राइट, अनमिट र एनियुर सार्वजनिक गरेको हो । माइजिथ व्याक्टेरियल इन्फेक्सनका लागि हो भने मन्ट्रिनले दम र एलजीएका लागि काम गर्छ । त्यस्तै एलर्जले एलर्जी, सिप्राइटले एलर्जी र भोक, अनमिटले वान्ता र एनियुर ले भिटामिन बी१ को कमीमा काम गर्छ ।

laxmi

स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङ, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, कम्पनीका अध्यक्ष इञ्जिनियर रामेश्वर रिजाललगायतले ति औषधिहरु एक कार्यक्रमका विच सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै डा. कोइरालाले कम्पनीलाई गुणस्तरीय उत्पादन गरी चिकित्सक र बिरामीको मन जित्न सुझाव दिए । यस्तै कम्पनीका अध्यक्ष रिजालले गुणस्तरीय उत्पादनका लागि प्रतिवद्धता व्यक्त गरेका छन् ।

कोभिड–१९ महामारीको समयमा सोपान फर्मास्युटिकल्स लिमिटेडले अत्यावश्यक अक्सिजन उत्पादन गरी विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सर्वसुलभ रुपमा उपलब्ध गराई नेपाली जनताको स्वस्थ्यमा प्रत्यक्ष सहयोग पुर्याएको थियो ।

यसै क्रममा सोपान फर्मास्युटिकल्ःस लिमिटेडले कोभिड–१९ महामारीको दोस्रो लहरमा देशभरी सहज रुपमा ढुवानी गर्न सकिने र अकस्मात पर्दा प्रयोग गर्न सकिने अक्सिनज क्यानको उत्पादन तथा बजारिकरण गरेको छ ।

कम्पनीको वार्षिक उत्पादन क्षमता (वर्षमा ३०० दिन र ८ घण्टा प्रतिदिन) ९० करोड ट्याबलेट, ७ करोड क्याप्सुल, ३ लाख लिटर लिक्विड, ३० लाख बोटल सुख्खा पाउडर र ३० लाख ट्युब मलम रहेको छ ।

सोपान मल्टिपल एउटा इन्भेस्टमेन्ट कम्पनी हो । यस कम्पनीले शिक्षा, स्वास्थ्य र उर्जा क्षेत्रमा विगत १३ वर्ष देखि लगानी गर्दै आइरहेकोमा हाल औषधि क्षेत्रमा लगानी गर्ने क्रममा सोपान फर्मास्यूटिकल्स लिमिटेड मार्फत १ अर्ब २७ करोड रुपैयाँ लगानी गरेको छ ।

सोपान फर्मास्यूटिकल्स लिमिटेड औषधि क्षेत्रमा अत्याधुनिक प्रविधिको माध्यमबाट विभिन्न किसिमका गुणस्तरिय औषधिहरुको उत्पादन गरी नेपाली बजारमा बजारीकरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL