Logo

बिजखबर समाचार प्रभाव : नेप्सेले गर्यो अक्षय गोल्यानको पियोर इनर्जीको सेयर सूचीकृत

बिजखबर समाचार प्रभाव : नेप्सेले गर्यो अक्षय गोल्यानको पियोर इनर्जीको सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्न (नेप्से)ले अक्षय गोल्यानको बहुमत सेयर रहेको पियोर इनर्जीको सेयर सुचिकृत गरेको छ । पियोर इनर्जीले लामो समयदेखि एउटै सेयर सुचिकृत गर्दा एउटै इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) दिन सम्बद्ध निकायमा लविइङ गर्दै आएको समाचार बिजखबरले प्रकाशित गरेसँगै नेप्सेले सो कम्पनीको सेयर सुचिकृत गरिदिएको हो ।

यसअघि पियोर इनर्जीले एउटै आईजीन दिनका लागि सीडीएस एण्ड क्लियरिङलाई दबाव दिएको थियो भने सोही अनुरुप नेपाल धितोपत्र बोर्ड लगायतका निकायमा समेत लविईङ गरेको थियो । साथै नेप्सेले पनि गोल्यानको अडान अनुसार एउटा मात्रै आईजीन चाहिने भन्दै सीडीएससीलाई दबाव दिँदै आएको थियो । तर, अक्षय गोल्यान अध्यक्ष रहेको पियोर इनर्जीले सिंगल आईजीन नपाई सेयर सुचिकृत नगर्ने अडान राख्दै शक्ति केन्द्र धाएको समाचार प्रकाशित गरेको थियो । उक्त सामाचार आएसँगै पियोर इनर्जी हालका लागि सेयर सुचिकृत गर्न तयार भएको छ भने नेप्सेले पनि उक्त सेयर सुचिकृत गरिदिएको छ ।

सीडीएससीले बैशाख २६ गते नै सम्पूर्ण काम सकेर सेयर सुचिकृतका लागि पियोर इनर्जीलाई बाटो खुला गरिदिएको थियो । तर, नेप्सेले पनि एउटै आईजीन चाहिने भन्दै लविईङ गरेको थियो भने पियोरका लगानीकर्ताहरुले पनि एउटै आईजीन नभएसम्म सेयर सुचिकृत नगर्ने भन्दै सीडीएससीलाई पत्र काट्नुका साथै सीडीएससीको विरुद्ध धितोपत्र बोर्डमा उजुरीसमेत दिएका थिए । तर, जनसुकै बाटो अपनाउँदा पनि सीडीएससीले सेयर बजार शुद्धिकरणमा आफ्नो अडान नछाडेपछि पियोरले आफ्नो सेयर सुचिकृत गराएको हो ।

बिजखबरले विगत केही समयदेखि कुनै पनि सेयर सुचिकृत हुँदा डबल आईजीन चाहिने भन्दै धाराबाहिक समाचार प्रकाशित गर्दै आएको थियो । हाल एउटा मात्रै आईजीन हुँदा प्रवद्र्धहरुले लकइन नखुल्दै सेयर बिक्री गरेको पाइएको छ । जसका कारण दोस्रो बजारमा लगानीकर्ताहरु मारमा परेका छन् । हाल बजारमा देखिएको विकृति रोक्नका लागि कुनै पनि सेयर सुचिकृत हुँदा संस्थापक र सर्वधारण गरी दुई समुहको दुई फरक फरक आईजीन आवश्यक रहेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

नेप्सेमा पियोर इनर्जीको सेयर सुचकृत भएसँगै मंगलबारबाट उक्त कम्पनीको १६ लाख कित्ता सेयर दोस्रो बजारमा कारोबारमा आउने छ । तर, त्यसमध्येमा स्थानीय प्रभावित जनता र मर्चेन्ट बैंकरले खरिद गरेको सेयर तत्काल दोस्रो बजारमा कारोबारमा आउने छैन ।

पियोर इनर्जीले पब्लिक कम्पनी भएर सर्वसाधारमा सेयर जारी भएपनि त्यसमा बहुमत सेयर अक्षय गोल्यानको नाममा रहेको छ । आईपीओ सहित कुल ८० लाख कित्ता सेयर रहेको सो कम्पनीमा अक्षय गोल्यानको नाममा ४० लाख ९५ हजार कित्ता सेयर रहेको छ । बाँकी सेयर मध्ये २० लाख कित्ता कुनै भारतीय अमुक कम्पनीको नाममा रहेको छ भने अन्य सेयर पनि गोल्यान परिवारकै नाममा रहेका छ । साथै सो कम्पनीको संचालकमा समेत अक्षयका बुबा पवन गोल्यान सहित सबै गोल्यान परिवारकै सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्