काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १७.४४ अंकले बढ्दै २६ सय ९३ को विन्दुमा पुगेर बन्द भएको हो ।
आज कुल ३ सय २३ कम्पनीका २ करोड ७ लाख ५९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँ नाघेको हो ।
आज कारोबारमा आएकामध्ये ९७ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा १ सय ४८ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ ।
आज कारोबारमा आएकामध्ये ५ समुहको परिसुचक घट्दा ८ समुहको परिसुचकमा वृद्धि देखिएको छ । आज सेयरमूल्य बढेकामध्ये ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागको छ ।