Logo

नामी र सेरेसले बजेटअघि सुरु गर्‍यो ‘इज अन वालेट’ अफर, सीमित अवधिका लागि विशेष सुविधाहरू

नामी र सेरेसले बजेटअघि सुरु गर्‍यो ‘इज अन वालेट’ अफर, सीमित अवधिका लागि विशेष सुविधाहरू



काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले डोङफेङ नामी र सेरेस विद्युतीय सवारी साधनहरूको लागि ‘इज अन वालेट’ नामक विशेष अफर सुरु गरेको छ। बजेट घोषणाअघि जेठ ११ देखि १५ गतेसम्म लागू हुने यो अफरअन्तर्गत ग्राहकहरूले नामी र सेरेसका विभिन्न ईभी मोडेलहरू आकर्षक मूल्यमा प्राप्त गर्न सक्ने गरी कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो ।

नेपालभरका सबै नामी र सेरेस शोरूमहरूमा सञ्चालनमा आएको उक्त अफरमार्फत ग्राहकहरूले नयाँ ईभी मोडेलहरूको अनुभव लिन, विशेष अफरहरूको लाभ उठाउन र विद्युतीय सवारीमा सजिलै रूपान्तरण गर्न सक्ने वातावरण तयार गरिएको कम्पनीले जनाएको छ।

अफर अन्तर्गत ग्राहकहरूले चार्जिङ सुविधाको लागि ७ किलोवाट र ३.५ किलोवाट क्षमताका चार्जर, एक वर्षको अटो–प्लस बीमा र एक वर्षको सवारी कर निःशुल्क प्राप्त गर्नेछन्। साथै, हरेक ग्राहकलाई निःशुल्क एसेसरीज, टेस्ट ड्राइभमा विशेष उपहार र सवारी बुकिङमा माउन्टेन फ्लाइटको सुविधा पनि प्रदान गरिनेछ।

उक्त अफरलाई अझ रोमाञ्चक बनाउन चारजना भाग्यशाली ग्राहकहरूले अन्नपूर्ण बेस क्याम्पसम्म हेलिकप्टर यात्रा जित्ने अवसरसमेत पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्