Logo

बुधबारदेखि ट्रेड टावरको आइपीओ राजी हुँदै, ३९ लाख ७१ हजार कित्ताका लागि आवेदन दिन सकिने

बुधबारदेखि ट्रेड टावरको आइपीओ राजी हुँदै, ३९ लाख ७१ हजार कित्ताका लागि आवेदन दिन सकिने



काठमाडौं । ट्रेड टावर लिमिटेडले बुधबारदेखि प्राथमिक साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपछि अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

जसमध्ये अब कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५।१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्