काठमाडौं । सान्भि इनर्जी कम्पनीले निष्कासन गरेको सर्वसाधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।
आईपीओमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइने छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २४ करोड १५ लाख ३० हजार रुपैयाँको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको छ ।
कम्पनीले ८ करोड ८० लाख रुपैयाँको ८ लाख ८० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयलाई निष्कसन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई २ लाख ९१ हजार कित्ता आईपीओ निष्कासन गरिसकेको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन सी–आस्वा सदसय रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिने छ ।