काठमाडौं । सरकारले निकै महत्वका साथ प्रचार–प्रसार गरेर शुरु गरेको स्मार्ट ड्राइभिङ लाइसेन्स जनताका लागि भने ‘आकाशको फल आँखा तरी मर’ सरह बनिरहेको छ । राज्य निकम्मा भयो भने जनताले कतिसम्म सास्ती बेहोर्नुपर्छ भन्ने उदाहरण बनेको छ सवारी लाइसेन्स । स्मार्ट लाइसेन्सका नाममा अनलाइन फारम भर्नेदेखि हातमा लाइसेन्स आउनेसम्मको समय साँच्चै सवारी लाइसेन्स लिन लागेका…