Logo

Global_Ime

टाटा मोटर्सका विद्युतीय गाडीहरू तीन दिनभित्रै फाइनान्सिङ, १०.०५ प्रतिशतको न्युनतम ब्याजदर

टाटा मोटर्सका विद्युतीय गाडीहरू तीन दिनभित्रै फाइनान्सिङ, १०.०५ प्रतिशतको न्युनतम ब्याजदर



काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आफ्ना ईभी अर्थात विद्युतीय गाडी किन्न चाहने ग्राहकका लागि अत्यधिक छिट्टो, सरल र सहज गाडी फाइनान्सिङको सुविधा ल्याएको छ । जुन सुविधा नेपालभरि फैलिएका सिप्रदी तथा सिप्रदीका आधिकारिक डिलरशिपबाट उपलब्ध हुनेछन् ।

Laxmi_sunrise

विगत २ वर्ष देखि नेपाली बजारले सर्वाधिक रुचाएको नेक्सन ईभि र टिगोर ईभि को ८०% सम्म गाडी फाइनान्सिङ अब ३ दिन भित्रै हुनेछन्। उक्त फाइनान्सिङ नेपालभरि फैलिएका विभिन्न क वर्गका बैंक द्वारा १०.०५ प्रतिशतको न्युनतम ब्याजदरमा उपलब्ध हुनेछन्।

टाटा मोटर्सका ईभि गाडीहरुको छिट्टो तथा सरल गाडी फाइनान्सिङको सुविधाका लागि मुलुकभरि फैलिएका एभरेस्ट बैंक, नबिल बैंक, एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, तथा प्रभु बैंकका संजालबाट उपलब्ध हुनेछन्।

अहिलेको समयमा टाटा मोटर्सका अत्यधिक रुचाइएका ईभी अर्थात विद्युतीय गाडीले नेपाली बजारबाट राम्रो प्रतिक्रिया प्राप्त गर्दै कम्पनीले पनि आफ्नो उत्पादनहरूका साथ ग्राहक सेवालाई पनि उत्कृष्ट बनाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL