Logo

घोराही सिमेन्टका सेयर आवेदनकर्ताको पैसा फिर्ता हुने, ३ शंकाको घेराबाट धितोपत्र बोर्डले थाल्यो अनुसन्धान

घोराही सिमेन्टका सेयर आवेदनकर्ताको पैसा फिर्ता हुने, ३ शंकाको घेराबाट धितोपत्र बोर्डले थाल्यो अनुसन्धान



काठमाडौं । घोराही सिमेन्टको सार्वजनिक निष्काशन (आईपीओ)मा गैरकानूनी रुपमा व्यापक चलखेल गरेको थाहा पाएपछि सो सम्बन्धमा धितोपत्र बोर्डले छानविन सुरु गरेको छ । घोराही सिमेन्टको सेयर निष्काशन प्रक्रिया नै रद्द गरी बोर्डले छानविन प्रक्रिया अघि बढाएको हो ।

laxmi

कम्पनीको आईपीओ निष्काशनमा निष्काशनकर्ताले नै व्यापक चलखेल गरेको उजुरीहरु आएको र सो सम्बन्धमा केही सत्यता देखिएपछि तत्कालै उक्त प्रक्रिया नै स्थगित गरेर छानविन प्रक्रिया अघि बढाएको बोर्डका अध्यक्ष रमेश हमालले अर्थ समिति समक्ष बताए ।

‘सर्वसाधारणलाई आकर्षित गर्न १२ ओटा आवेदनकर्तामार्फत जानी जानी १० लाख कित्ताको आवेदन भएको भेटियो,’ उनले भने, ‘यसरी झुटा विवरण देखाएर लगानीकर्ता आकर्षित गर्दा सोझासाझा लगानीकर्ता फस्ने भएकाले तत्कालै बोर्डमा गहन छलफल गरेर स्थगित नै गरेका हौं।’

साथै उनले तत्काल स्थगित नगर्दा लगानीकर्ताले आवेदन गरेको रकम फिर्ता गर्न समस्या हुने भएकाले क्विक डिजिशन गरिएको समेत जानकारी दिए । प्रिमियम मूल्यमा सेयर निष्काशन गर्दा बदमासी गरेको पत्ता लगेपछि विभिन्न ३ चरणमा छानविन प्रक्रिया अघि बढाइएको समेत उनको भनाई थियो ।

‘बोर्डले घोराही सिमेन्टको सेयर निष्काशनमा रेटिङ कम्पनीको स्वार्थ बाझिएको, फेक आवेदन दिएको र अण्डरराइटिङ प्रक्रिया नै गलत देखिन आएको छ,’ उनले भने, ‘सोही अनुरुप बोर्डले छानविन प्रक्रिया अघि बढाएको छ ।’ साथै उक्त आईपीओमा सर्वसाधारण लगानीकर्तालाई प्रभावमा पार्नेगरी एउटै व्यक्तिले १० लाख कित्ता आवेदन गरेको र त्यस्ता लगानीकर्तालाई कानूनी कठघरामा ल्याइने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL