Logo

कनेक्ट आइपीएसको ‘रेफर अ फ्रेन्ड २.०’ अफर, रजिष्टर गर्न रेफर गरेमा २५ र ५० रुपैयाँ पाईने

कनेक्ट आइपीएसको ‘रेफर अ फ्रेन्ड २.०’ अफर, रजिष्टर गर्न रेफर गरेमा २५ र ५० रुपैयाँ पाईने



काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को कनेक्ट आइपीएसले रेफर अ फ्रेन्ड २.० नामक योजना सार्वजनिक गरेको छ । कम्पनीले कनेक्ट आइपीएस प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आइपीएसमा रजिष्टर हुन रिफर गरेमा २५ रुपैयाँ र रेफर पछि रजिष्टर गरेका आफ्न्तले ५० रुपैयाँ पाउने गरी उक्त योजना सार्वजनिक गरेको हो ।

laxmi

यो योजना असार ५ देखि असार ३१ गतेसम्म रहने कम्पनीले जानकारी दिएको छ । उक्त रेफर गर्नेले पाउने २५ र रेफर पछि रजिष्टर गर्नेले पाउने ५० रुपैयाँ उनिहरुकै खातामा जम्मा हुने कनेक्ट आइपीएसले जानकारी दिएको छ ।

यसको फाईदा लिनका लागि रेफर गर्नेले आफ्ना साथी तथा आफन्तजनहरुलाई आफ्नो रेफरल कोड दिनुपर्ने हुन्छ । यस्तै रेफर पाउनेले भन कनेक्ट आइपीएसमा नयाँ यूजर रजिष्टर गर्दा उक्त कोड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाई गरे पश्चात दुबैलाई उक्त रकम प्राप्त हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL