काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा बैंकहरुले गर्ने कर्जा लगानी ३.४ प्रतिशतले बढ्दा निक्षेप संकलन भने ८.८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ५७ अर्ब ३६ करोड (३.४ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा…