Logo

गभर्नरलाई अर्थमन्त्रीको चेतावनी, ‘खुकुलो मौद्रिक नीति ल्याउने कि हस्तक्षेप गरौं ?’

गभर्नरलाई अर्थमन्त्रीको चेतावनी, ‘खुकुलो मौद्रिक नीति ल्याउने कि हस्तक्षेप गरौं ?’



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वायत्तताको दुरुपयोग गर्न नहुने भन्दै अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीति ल्याउनुपर्ने बताए । साथै आगामी आर्थिक बर्षको मौद्रिक नीति नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयको समझदारीमा आउने समेत उनले जानकारी दिएका छन ।

laxmi

राष्ट्र बैंकको स्वायत्त निकाय भएपनि अर्थमन्त्री महतले आफु नियुक्त भएसँगै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमा बनाउन मौद्रिक टुल्सहरु खुलुलो बनाउनु पर्ने बताउँदै आएका छन् । बजेटबाट निरास भएका उद्योगी व्यवसायीहरुले मौद्रिक नीतिमार्फत सहजता प्रदान गरिनुपर्ने सुझाव समेत दिँदै आएका छन् ।

मौद्रिक नीति निर्माणमा अर्थमन्त्रीको कुनै भुमिका नहुने भएपनि उनले पटक पटक आफुले गभर्नर अधिकारीसँग कुरा गरिसकेको र अब खुलकुलो नीति आउने बताउँदै आएका छन् । सोही अनुरुप आइतबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न राष्ट्र बैंक र अर्थमन्त्रालयको समझदारीमा खुकुलो मौद्रिक नीति ल्याइने दाबी गरे ।

‘मौद्रिक नीति खुकुलो आउँदा अहिले अर्थतन्त्रमा देखिए समस्या पनि समाधान हुनेछ,’ कार्यक्रममा उनले भने, ‘राष्ट्र बैंकले स्वायत्तताको दुरुपयोग गर्न हुँदैन ।’ साथै राष्ट्र बैंकले आफ्नो स्वायत्तको दुरुपयोग नगरी अर्थमन्त्रालयसँगको समझदारीमा नीति ल्याउनु पर्ने उनको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL