Logo

शोधनान्तर स्थिति सवा २ खर्बले बचतमा, साढे ९ महिनाको वस्तु र सेवा आयात धान्ने विदेशी मुद्रा संचितीमा

शोधनान्तर स्थिति सवा २ खर्बले बचतमा, साढे ९ महिनाको वस्तु र सेवा आयात धान्ने विदेशी मुद्रा संचितीमा



काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को ११ महिनामा शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोड रुपैयाँले घाटामा रहेको थियो । पछिल्लो समय आयातमा आएको संकुचन र वैदेशिक रोजगारीमा गएका कामदारले रेमिटान्स पठाउने क्रम बढेसँगै शोधनान्तर स्थितीमा उच्च सुधार आएको छ ।

laxmi

यसैगरी सो अबधिमा विदेशी मुद्रा संचिती समेत २१.८ प्रतिशतले बढेर १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । जवकि २०७९ असार मसान्तमा यस्तो संचिती १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ मात्र रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १३ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ रहेको छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग १ खर्ब ५९ अर्ब ६३ करोड पुगेको छ । २०८० जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।

यसैगरी आर्थिक वर्ष २०७९/८० को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL