Logo

प्रभु बैंकद्वारा किसानलाई सहुलियतपुर्ण कर्जा उपलब्ध, नुवाकोटका ४० कृषक लाभदायी

प्रभु बैंकद्वारा किसानलाई सहुलियतपुर्ण कर्जा उपलब्ध, नुवाकोटका ४० कृषक लाभदायी



काठमाडौं । प्रभु बैंक लिमिटेडले किसानहरुलाई सहुलियतपुर्ण कर्जा उपलब्ध गराएको छ । बैंक र हेफर इन्टरनेशनल नेपालबीच युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सुलभ बित्तिय कर्जा उपलब्ध गराउने बिषयमा श्रावण ५ गते सम्झौता भएको थियो । सोही सम्झौता अनुसार बैंकले नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका स्थित अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्था लिको सहकार्यमा किसानहरूलाई सहुलियतपुर्ण कृषि कर्जा उपलब्ध गराएको हो ।

laxmi

नुवाकोटको बट्टारमा एक कार्यक्रमबीच पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङ, हेफर इन्टरनेशनलका सह–निर्देशक प्रकाश कटुवाल, प्रभु बैंक लिमिटेडका ग्लोवल मार्केट्स प्रमुखसुजिन शाक्य र माईक्रो फाईनान्स विभाग प्रमुख प्रविन कुमार दहालले संयुक्त रुपमा उक्त कर्जा दिएका हुन् ।

कर्जा पञ्चकन्या गाउँपालिकाका ७ जना कृषि तथा पशु उद्यमशिलतामा काम गरीरहेका उद्यमीहरुलाई प्रभु बैंकको बट्टार शाखा कार्यलयबाट ४० लाखको सहुलियतपुर्ण कृषि कर्जाको चेक हस्तान्तरण गरीएको छ । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष तेज बहादुर तामाङले पञ्चकन्या गाउँपालिकाका किसानहरूलाई प्रभु बैंकले ठुलो गुण लगाएकोे र यस्तो कार्यक्रमको निरन्तरताका लागि आग्रह समेत गरे ।

उक्त सम्झौता अनुरुप हेफर इन्टरनेशनल नेपालका तर्फबाट प्रर्बधित सहकारीहरुले सहुलियतपुर्ण ऋण लिन ईच्छुक उद्यमीहरूको पहिचान गरि कर्जा लिन योग्य उद्यमीहरूलाई बैंकमा सिफारिस गर्नेछन् । त्यसैगरि स्थानिय सरकारले कर्जा सदुपयोगको अनुगमन गरि आवश्यक अन्य ब्यावसायिक विकासका सेवाहरु प्रदान गर्न सहयोग तथा सहजिकरण गर्ने छ ।

हेफर ले ४४ जिल्लाका करिव ४००,००० पिछडीएका गरिब परिवारहरुलाई सहयोग गर्दै साना किसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम संचालन गर्दै आएको छ । यस संथाले हाल सम्म २७० सामाजिक उद्यमी महिला सहकारीहरु मार्फत वित्तिय पहुँच पुरÞ्याउन सहजिकरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL