Logo

कर्जा चुक्ता नगर्ने ऋणीमाथि राष्ट्र बैंकको निगरानी, नयाँ खाता खोल्न समेत नपाउने

कर्जा चुक्ता नगर्ने ऋणीमाथि राष्ट्र बैंकको निगरानी, नयाँ खाता खोल्न समेत नपाउने



काठमाडौं । समयमा कर्जा चुक्ता नगर्ने ऋणी माथि राष्ट्र बैंकले निगरानी बढाएको छ । राष्ट्र बैंकले सुचना जारी गर्दै ऋण समयमा नर्तिने व्यक्ति तथा संस्थालाई बैंकबाट ऋण लिन र नयाँ खाता खोल्न समेत नपाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकले समयमा नै कर्जा चुक्ता नगरे त्यस सम्बन्धी थप कडाई गर्ने भएको हो ।

laxmi

राष्ट्र बैंकले एक सूचना जारी गर्दै समयमा नै कर्जा चुक्ता नगरे ऋणीलाई कालोसूचीमा राखिने समेत जानकारी दिएको छ । साथै नेपाल राष्ट्र बैंकले ऋणीहरुलाई तोकिएको हदम्यादभित्र बैंकको कर्जा चुक्ता गर्न निर्देशन दिएको छ । बैंको कर्जा चुक्ता नगर्ने परिपाटी बढ्दै गएपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । ऋणीहरुले कर्जा चुक्ता नगर्दा बैंक वित्तीय संस्था आदिले गरेको लगानीको साँवा ब्याज उठाउन पनि धौ धौ परेको बैंकरहरुले गुनासो गरेका छन् ।

बैंकको खराब कर्जा समग्रमा ३.५ प्रतिशत माथि पुगिसकेको कारण खराब कर्जा असुल गर्न नियामक निकाय राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले समयमै कर्जा नतिरे कारवाही तथा कालोसूचीमा परिने र जरिवाना तिर्नुपर्ने भएकाले कर्जा, साँवा तथा ब्याज समयमार्न तिर्न ऋणीहरुलाई आग्रह गरेको हो । समयमा नै कर्जा चुक्ता नगरे कालोसूचीमा परिने, बैंकबाट ऋण प्राप्त नहुने र खातासमेत खोल्न नपाउने समेत राष्ट्र बैंकले जनाएको छ ।

गत साता मात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै वाणिज्य बैंकका सिईओहरुलाई आफनौ निवासमा बोलाएर यस बिषयमा विस्तृत छलफल गरिसकेको छन । बैंकिङ् क्षेत्रमा भएको अराजक गतिविधि रोक्न राज्यले सहयोग गर्ने आश्वासन समेत उनले बैंकरहरुलाई दिएका छन् । साथै सोही सम्बन्धमा राष्ट्र बैंकले सूचना जारी गर्नुले यस बिषयमा सरकार गभिन्र भएर अघि बढेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL