Logo

सरकारी भुक्तानी बढेपछि बैंकिङ क्षेत्रमा तरलता फालाफाल, अन्तर बैंक ब्याजदर २.६ प्रतिशतमा झर्यो

सरकारी भुक्तानी बढेपछि बैंकिङ क्षेत्रमा तरलता फालाफाल, अन्तर बैंक ब्याजदर २.६ प्रतिशतमा झर्यो



काठमाडौं । बैंकहरुले गर्ने अन्तर बैंक कारोबारको ब्याजदर ओरालो लागेको छ। आइतबार बैंकहरुको यस्तो ब्याजदर २.४६ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। पछिल्लो समय बैंक तथा वित्त कम्पनीमा लगानी योग्य रकम पर्याप्त हुँदा यस्तो ब्याजदर घटेको हो।

laxmi

पछिल्लो समय बैंकिङ क्षेत्रमा निक्षेप बढिरहेको छ। सरकारको भुक्तानी बढेका कारण बैकिङ क्षेत्रमा निक्षेप बढेको जानकारहरु बताउँछन्। चालु आर्थिक वर्षको भुक्तानी गर्ने समय आइतबार राति १२ बजेदेखी बन्द गरिने र प्रणाली समेत बन्द रहने महालेखा नियन्त्रक कार्यालयले सुचना जारी गरेको थियो । जसका कारण सरकारी भुक्तानीमा चाप बढेको छ। यसले गर्दा बैंकिङ क्षेत्रमा निक्षेप बृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार गत साताको बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ५६ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। गत मंगलबारसम्म भने बैंक तथा वित्तीय संस्थामा ५६ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । एक दिनमै बैंक तथा वित्त संस्थामा १२ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको देखिन्छ । बुधबारसम्म वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन ११ अर्बले बढेर ४९ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । गत मंगलबारसम्म भने बैंकहरुसँग ४९ खर्ब ८४ अर्ब रुपैयाँ रहेको थियो ।

यसैगरी, पछिल्लो समय बैंकहरुको कर्जा लगानी भने ठप्पप्रायः छ । गत साताको बुधबारसम्म बैंक तथा वित्त संस्थाले ४८ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । गत मंगलबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले कुल ४८ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । मंगलबारको तुलनामा बुधवारसम्म आईपुग्दा कर्जा लगानी १ अर्बले घटेको छ । समिक्षा अवधिमा वाणिज्य बैंकहरुले ४३ खर्ब २ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । कर्जाको माग नभएपछि बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो पनि निरन्तर घट्दै गएको छ । राष्ट्र बैंकका अनुसार हाल सीडी रेसियो ८२.८८ प्रतिशतमा झरेको छ ।

गत साउनमा ८८.०७ प्रतिशत रहेको सीडी रेसियो अहिले निरन्तर घटी रहेको छ । बैंकहरु कर्जा प्रवाह गर्ने मामिलामा सहज अवस्थामा देखिन्छन् । बैंकहरुले सीडी रेसीयो ९० प्रतिशतसम्म कायम गर्ने गरि कर्जा प्रवाह गर्न पाउछन् । तर, अहिले बैंकहरुको सीडी रेसियो ८३ प्रतिशत भन्दा पनि कम छ ।

प्रतिक्रिया दिनुहोस्
MBL