Logo

कहिलेदेखि घट्छ अर्थमन्त्री डा महतले भनेझै ब्याजदर ? पर्खाइमा उद्योग-व्यवसायीदेखि सेयर लगानीकर्तासम्म

कहिलेदेखि घट्छ अर्थमन्त्री डा महतले भनेझै ब्याजदर ? पर्खाइमा उद्योग-व्यवसायीदेखि सेयर लगानीकर्तासम्म



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउने बताउँदै आएका छन् । प्रायजसो हरेक कार्यक्रममा अर्थमन्त्रीले बैंकको बयाजदर घटाउने विषयलाई बढी नै जोड दिएको देखिन्छ ।

laxmi

शनिबार पनि एक कार्यक्रममा अर्थमन्त्री महतले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास व्यक्त गरे । उनले कोभिडलगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीलाई बैंकको ब्याजदर घट्ने कुराले ठूलो राहत हुने बताए ।

पछिल्लो समय उद्योगी व्यवसायीदेखि सेयर बजारका लगानीकर्तासम्मले मौद्रिक नीतिमा अर्थमन्त्रीको ब्याजदर घटने प्रतिबद्धता कार्यन्वयन हुने अपेक्षा गरिरहेका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) फालाफाल हुँदा पनि कर्जा लगानी बढ्न सकेको छैन । केही समयअघिसम्म उद्योगी व्यवसायीले कर्जा नपाएको गुनासो गर्दै आएपनि अहिले कर्जाको माग नै नभएको सम्बद्ध बैंकरहरु बताउँछन् । जसका कारण बैंकरहरु पनि अब ब्याजदर घटाउने विषयमा सकारात्मक रहने आँकलन गर्न सकिन्छ ।

अर्कोतर्फ सरकारको अपेक्षाअनुरुप अर्थतन्त्र चलायमान बनाउन पनि मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले ब्याजदरसम्बन्धमा विशेष सम्बोधन गर्ने अनुमान गर्न सकिन्छ । पछिल्लो समयमा बजारमा कर्जाको माग कम हुँदा राष्ट्र बैंकको लक्ष्य अनुसार कर्जा विस्तार हुन नसकेको बैंकरहरु नै बताउँछन् । ‘केहि समय अगाडी बैंकहरुमा लगानी योग्य रकम थिएन तर कर्जाको माग उच्च थियो,’ एक बैंकरले भने, ‘अहिले बजारमा लगानीयोग्य रकम बढेको छ तर लगानी गर्ने ठाउँ छैन । यसले पनि बजार कर्जा प्रवाहको फ्लो घटिरहेको छ ।’

चालु आर्थिक वर्षको ६ महिनासम्म बैंक तथा वित्तीय संस्थासँग लगानीयोग्य रकम नभएको बैंकर भुवन दाहाल बताउँछन् । ‘पुससम्म बैंकिङ क्षेत्रमा लगानी योग्य रकमको अभाव थियो,’ उनले भने, ‘त्यस छिको अवस्थामा केहि तरलता सहज हुँदै गएता पनि बैंक तथा वित्तीयसंस्थाले कर्जा लगानी गर्ने ठाउँ पाईरहेका छैनन् ।’

यसैगरी उच्च ब्याजदरका कारण अहिले बजारमा भएको पैसा बैंकहरुले नेपाल राष्ट्र बैंकका राख्दा पनि राम्रो ब्याजदर पाएका छन । एकातर्फ बजारमा लगानी गर्ने वातावरण सहज नहुनु र अहिलेको मन्दीमा राष्ट्र बैंकमा पैसा राख्दा सुरक्षित हुने कारण पनि बैंकहरुले बजारमा लगानी बढाउन नचाएको बैंकर दाहालको बुझाई छ । ‘बैंकहरुले पुरानो कर्जाहरु उठाउन पनि सकिरहेका छैन्न भने व्यवसायीहरु कर्जा तिर्न नसकेर पसल कबल नै बन्द गरेर ब्यापारीहरु पलायन भइरहेका छन्,’ उनले भने, ‘यसले पनि बैंकहरु कर्जा बाँड्नेभन्दा कर्जा उठाउने तिर लागेका छन् ।’ व्यवसायमा कर्जा लगानी गर्दा असुरक्षित हुने देखे पछि बैंकहरुले सहज बाटो खोज्दै सरकारी बन्डहरुमा लगानी बढाएका उनको भनाई छ ।

अहिले निजी क्षेत्रले पनि कर्जाको माग घटाएको छ । चर्को ब्याजदर र लगानीयोग्य वातावरण कम भएको कारण ठूला व्पारीहरुले ऋण लिईरहेका छैनन । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र जोगाउँन भन्दै लिएको केहि नीतिहरु अहिलेसम्म पनि यथावत राख्दा बजारमा कर्जाको माग घटेको एक व्यवसायी बताउँछन् । चर्को ब्याजदरका कारण सेयररदेखि घरजग्गा कर्जा लिन लगानीकर्ताहरु उत्साहित देखिदैनन् । यस्तो अवस्थामा अब अर्थमन्त्री डा महतले भनेझै बैंक तथा वित्तीय संस्थाको ब्याजदर छिट्टै घटने जानकारहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL