Logo

कुमारी बैंकका पूर्व सीईओ तिमिल्सिनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्धा, १ अर्ब १० करोड विगो दावी

कुमारी बैंकका पूर्व सीईओ तिमिल्सिनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्धा, १ अर्ब १० करोड विगो दावी



काठमाडौं । कुमारी बैंकका तत्कालीन सीईओ अनुजमणी तिमिल्सिनालगायत ११ जना सम्पत्ति शुद्धीकरणको मुद्धामा परेका छन् । गायक योगेश्वर अमात्यको जग्गा काण्डमा तिमिल्सिनासहित ११ जनाले भ्रष्टाचार गरेको तथ्य फेला परेपछि उनीहरु मुद्धामा तानिएका हुन् ।

laxmi

विभागले तिमिल्सिनासहित अन्य ११ जनाविरुद्ध १ अर्ब १० करोड ४३ लाख ३६ हजार ४ सय रुपैयाँ बिगो दावीसहित अदालतमा मुद्दा दायर गरेको हो । सम्पत्ति शुद्धीकरणमा कुमारी बैंकका तत्कालीन सीईओ तिमिल्सिनासहित मुक्तिनाथ गौतम, यस कुमार महर्जन, शोभा शाक्य, रेशमबहादुर सिलवाल, स्मृति जोशी, राम प्रसाद अधिकारी, इश्वर पोखरेल, कबिन्द्रराज शाक्य, कुशन प्रधान र मेरलायन प्रालिविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा परेको हो ।

उनीहरुले फर्जी कागजातका आधारमा मेरलायन इन्टरप्राइजेज कम्पनी प्रालिको नामबाट कर्जा लिएर सम्पत्ति शुद्धीकरण निवारण ऐनले निषेध गरेको कार्य गरि कालोधनलाई सेतो बनाएको निष्कर्ष निकाल्दै बिभागले मुद्दा दायर गरेको हो ।

गैरकानूनी प्रक्रियाबाट एक अर्ब १० करोड ४३ लाख ३६ हजार ४ सय रुपैयाँ अपचलन गरेको अनुसन्धानले देखाएको छ । विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३० को उपदफा १, २, ७ र ८ बमोजिम अलग–अलग सजाय माग गरेको छ ।

बारा जिल्लाको विश्रामपुरमा रहेको गायक अमात्यको १२ बिघा जग्गा डेनियल ट्रेडिङ नामको कम्पनीलाई बिक्री गरेको देखाएर नक्कली कागजपत्र बनाइ ऋण लिएको खुलेको थियो । कुमारी बैंकका तत्कालिन सीईओ तिमिल्सिना लगायतको मिलोमतोमा १९ करोड रुपैयाँ ऋण लिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL