काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै ४ वटा विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । कारवाहीमा पर्नेमा एक्सेल डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक रहेका छन् । यस्तै, रिलायन्स फाइनान्स पनि केन्द्रीय बैंकको कारवाहीमा परेको छ ।…