Logo

एनआईसी एशिया बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा कति ?

एनआईसी एशिया बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा कति ?



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.८४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

laxmi

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १६.३५ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी ४.९६ प्रतिशत र सञ्चालन मुनाफा २४.१३ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.६१ प्रतिशतबाट बढेर १.१९ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ४७ करोड रुपैयाँ ऋणात्मक रहेको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४८ करोड धनात्मक भएको छ।

हाल बैंकको चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ, जगेडा कोषमा १५ अर्ब ६७ करोड ८३ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ९ पैसा घटेर २५ रुपैयाँ ५२ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १९.९७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ १० पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL